Premier Cables
Premier Steel

अपराध

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्।

बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो। सिआइबीका एआइजी मनोज केसीका अनुसार सम्पत्ति शुद्धीकरण विभागको पत्राचारका आधारमा भट्टलाई पक्राउ गरिएको हो।

बिज्ञापन

भट्टमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा केही दिनअघि विभागले उनको पासपोर्ट रोक्का गर्न अध्यागमन विभागलाई पत्र पठाएको थियो।

चैत १५ गतेको पत्र अनुसार भट्टको पासपोर्ट रोक्का गरिएको थियो। विभाग स्रोतका अनुसार उनको गतिविधिबारे गम्भीर तथ्य फेला परेपछि यस्तो कदम चालिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले व्यापारी, उच्च तहका नेता तथा पदाधिकारीहरूसँग सम्बन्ध राखी गरिएको गतिविधिबारे २६ जनाभन्दा बढीमाथि केही समयदेखि अनुसन्धान गर्दै आएको छ। सोही क्रममा भट्टमाथि पनि छानबिन भइरहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka