Premier Cables

राजनीति

देउवा-कोइराला गुटलाई कारबाही गर्ने तयारी

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | बिहान ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि अघि बढाउन थालेपछि उक्त बैठक बोलाइएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

विज्ञापन

गत शनिबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए। उक्त घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको जनाएको छ।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरिसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गर्नु विवादको विषय बनेको छ।

यसै सन्दर्भमा उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka