Premier Cables
Premier Steel

राजनीति

डा. शेखर-पूर्णबहादुर कांग्रेस गुटको बैठक बस्दै

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले मंगलबारदेखि सुरु हुने बैठकका लागि आफ्ना एजेन्डा तय गरेको छ ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बस्ने बैठकका लागि इतर समूहले तीन प्रमुख विषय अघि सारेको हो ।

बिज्ञापन

धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजेबाट सुरु हुने दुई दिने बैठकमा ती एजेन्डामाथि विस्तृत छलफल गरिने तयारी रहेको निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिएका छन् ।

उनका अनुसार, बैठकमा फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा, पार्टीले हासिल गरेको नतिजा, साथै १५औं महाधिवेशनको कार्यतालिका, तयारी र सम्भावनाबारे छलफल केन्द्रित रहनेछ ।

यसअघि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी वैशाख अन्तिमतिर १५औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरेको थियो ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरेको वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पारित भएको थियो ।

त्यसैगरी, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि चैत १९ गते जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी पनि निवर्तमान कार्यवाहक सभापति खड्काले गरिरहेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka