तर, त्यसपछि पनि चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टी जिम्मेवारीमै रहेको दाबी गरेका थिए र प्रेस विज्ञप्ति समेत जारी गरेका थिए।
उक्त कार्य पार्टी विधानविपरीत ठहर गर्दै नेपाली कांग्रेसले विधान २०१७ (संशोधन सहित) को धारा ३४ उपधारा ८ (घ) अनुसार खड्कासँग सात दिने स्पष्टीकरण माग्ने निर्णय गरेको जनाएको छ।