Premier Cables
Premier Steel

राजनीति

पूर्ण बहादुर खड्काले बोलाए बैठक

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | बिहान ७:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन्।

बैठकमा समूहका शीर्ष नेता, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई आमन्त्रित गरिएको छ।

बिज्ञापन

नेताहरूका अनुसार बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्नेछ।

यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको भेलाले ‘पर्ख र हेर’ को रणनीति अपनाउने निर्णय गरेको थियो।

विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिएका छन्। उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्चले उक्त रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि खड्काले आफ्नो समूहभित्र बैठक र छलफललाई निरन्तरता दिँदै आएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka