Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा झिनो अंकको वृद्धि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | अपराह्न ३:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा उक्लिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ०.०८ प्रतिशतले बढेको छ ।

नेप्सेमा सूचीकृत ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

बिज्ञापन

आज १३ उपसूचकमध्ये ९ समूहमा हरियाली छाएको छ भने ४ वटा समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा व्यापार समूह रहेको छ । यो समूहको आज २.८३ प्रतिशतले वद्धि भएको छ ।

त्यस्तै, बैंकिङ समूह ०.२१ प्रतिशत, विकास बैंक समूह ०.७४ प्रतिशत, फाइनान्स समूह ०.२२ प्रतिशत, हाइड्रो समूह ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेको छ ।

आज घट्ने समूहहरुमा होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, लगानी समूहको ०.५४ प्रतिशत, जीवन बीमा समूह् ०.४६ प्रतिशत र म्युुचुअल फण्ड समूह ०.२५ प्रतिशतले घटेको छ ।

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘बजार बढ्नका लागि सबै पक्षहरु सकारात्मक भइकन पनि यतिबेला सेयर लगानीकर्ताहरु अझै पर्ख र हेरकै अवस्थामा रहेका छन् । विशेषगरी चुनावपछि मार्केट हल्ट भएका कारण केही दिनयता बजारमा करेक्सन देखिएको थियो, त्यसयता बजार सामान्य सुधार देखिएको छ । लगानीकर्ताहरु अब नयाँ अर्थमन्त्रीको पर्खाइमा छन् । रास्वपाको सरकार बन्ने पक्कापक्की भएपछि अब अर्थमन्त्रीमा को आउला र समग्र अर्थतन्त्र सुधारका लागि कस्तो नीतिहरु ल्याउला भन्ने लगानीकर्ताहरुको जिज्ञासाको विषय बनेको छ, सम्झवतः केही दिनमै नयाँ अर्थमन्त्रीको टुंगो लाग्नेछ र लगानीकर्ताहरु निर्धक्कसँग बजारमा लगानी गर्नेछन् । त्यसपछि बजारले विस्तारै गति लिइहाल्छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka