Premier Cables

बैंक तथा वित्त

निर्वाचनलाई शेयर बजारको स्वागत, नेप्से दोहोरो अंकले बढ्यो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । देशमा निर्वाचनको माहोल तात्दै जाँदा सेयरबजारमा पनि रौनकता छाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छँदा देशभित्र राजनीतिक सरगर्मी तातेको छ । निर्वाचन आयोगले नेपाली कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारिलाई नै आधिकारिकता दिएपछि देशभर नै उत्साहको माहोल सिर्जना भएको छ ।

विज्ञापन

त्यस अलवा सबै राजनीतिक दल निर्वाचनमा होमिदाँ राजनीतिक स्थायित्वको अपेक्षामा सेयरबजारका लगानीकर्ता हौसिएका छन् । यसले बजार बढाएको छ ।

आइतबार सेयरबजार परिसूचक नेप्से ३१.१२ अंकले बढेर २ हजार ६७२.५५ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३३८ कम्पनीका सेयर कारोबार भएका छन् । ती मध्ये २२४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ३१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० करोड २७ लाख ९८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत कात्तिक १६ गते यताकै उच्च हो ।

आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक ५.७३ प्रतिशतले बढेको छ ।

सागर डिष्टिलरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था तथा श्रीनगर एग्रिटेक इन्ड्रष्टीजका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने थ्रीस्टार हाइड्रोपावर, कृषि विकास बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा राष्ट्रिय वाणिज्य बैंकका म्युचुअल फण्डमा लगानीकर्ता रहेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka