Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दुबईको वित्तीय क्षेत्र नजिक इरानी ड्रोन आक्रमण

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २९, २०८२  | बिहान १०:३८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । दुबई को वित्तीय क्षेत्र नजिक बिहीबार एक ड्रोन खसेको छ। स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ड्रोन अल बदाआ क्षेत्रमा खसेको हो।

रिपोर्टका अनुसार उक्त ड्रोन शेख जायद रोड मा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको थियो। शेख जायद रोड दुबई अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिक पर्ने दुबईको प्रमुख सडक मानिन्छ।

इरान ले संयुक्त राज्य अमेरिका र इजरायल सँग सम्बन्धित आर्थिक केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएपछि उक्त क्षेत्रमा ड्रोन खसेको बताइएको छ।

यसअघि बुधबार केही अमेरिकी बैंकिङ कम्पनी, परामर्श कम्पनी तथा अन्य संस्थाहरूले सम्भावित सुरक्षा जोखिमका कारण आफ्ना कार्यालयहरू अस्थायी रूपमा बन्द गर्न र कर्मचारीलाई बाहिर ननिस्कन निर्देशन दिएका थिए।

मध्यपूर्वको प्रमुख वित्तीय केन्द्रमध्ये एक मानिने दुबईमा हाल क्षेत्रीय तनावका कारण सुरक्षा सतर्कता बढाइएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्व युद्धपछि खाडी क्षेत्रले इरानी आक्रमणको असर भोगिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हालसम्म भएका विभिन्न आक्रमणमा २४ जनाको मृत्यु भएको बताइएको छ, जसमा सात जना अमेरिकी सैनिक र ११ जना सर्वसाधारण नागरिक रहेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka