Premier Cables
Premier Steel

कोशी प्रदेश

समानुपातिक मतः मोरङ ५ मा धेरै बदर, झापा ५ मा सबैभन्दा कम (हेरौं तथ्याङ्क)

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २८, २०८२  | साँझ ५:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । निर्वाचन आयोगको तथ्यांकले प्रत्यक्षभन्दा समानुपातिक मत कम बदर भएको देखाएको छ ।

कोसी प्रदेशमा प्रत्यक्षतर्फ कूल ६.२८ प्रतिशत मत बदर भएको छ । जबकी समानुपातिकतर्फ भने यो दर कम देखिन्छ ।

कोसी प्रदेश निर्वाचन कार्यालयले उपब्ध गराएको तथ्यांकअनुसार समानुपातिकतर्फ कूल खसेको मतमध्ये ४.६८ प्रतिशतमात्र मत बदर भएको देखिन्छ ।

सबैभन्दा धेरै मोरङ ५ मा ८.०६ प्रतिशत मत बदर भएको छ ।

सबैभन्दा कम झापा ५ मा जम्मा २.७२ प्रतिशत मत बदर भएको छ । त्यसपछि झापा २ मा जम्मा ३.५० प्रतिशत मत बदर भएको देखिन्छ ।

समानुपातिक तर्फ कूल २० लाख ९९ हजार ७०९ मत खसेकोमा २० लाख १ हजार ३७५ मत सदर छ । बदर मत संख्या ९८ हजार ३३४ रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka