Premier Cables
Premier Steel

राजनीति

निर्वाचन आउन दुई महिना बाँकी

Calendar आइतबार, पुष २०, २०८२  | अपराह्न १:०६ बजे

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६० दिन बाँकी रहेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले पुस २२ अर्थात मंगलबार मतपत्र छपाईको काम शुरु गर्ने भएको छ ।

मतपत्र छपाइका लागि जनक शिक्षाले आवश्यक सबै तयारी पुरा गरिसकेको र निर्वाचन आयोगसँगको समन्वनयमै समानुपातिकतर्फको मतपत्र छपाइ शुरु गर्ने जनाएको छ । निवार्चनका लागि आवश्यक ४ करोड मतपत्र सहित नमूना मत्रपत्र, मतदाता परिचयपत्र, सूचनामुलक पोष्टरहरु लगायतका आवश्यक सामग्री छपाईका लागि केन्द्रले २९ दिनको कार्यतालिका बनाएको प्रवक्ता राम कुँवरले जानकारी दिनुभयो ।

बिज्ञापन

जनक शिक्षाले मतपत्र छपाईका लागि ४ वटा अत्याधुनिक मेसिन मर्मत गरि २ सय ५० जना जनशक्ति समेत तयारी अवस्थामा राखिसकेको छ ।यता निर्वाचन आयोगले समानुपातिकको बन्द सूची मिलाउन दलहरुलाई पुस २७ सम्मको समय दिएको छ । यसैबीच, निर्वाचन आयोगले सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तयार पारेको छ ।

निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताअनुसार कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka