Premier Cables
Premier Steel

राष्ट्रिय

मकवानपुरमा एमालेका महेश बर्तौला पराजित

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण २४, २०८२  | बिहान ८:४७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्।

आइतबार (फागुन २४) बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनले ३० हजार ५० मत प्राप्त गर्दै संसद् सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे। बर्तौला २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा तेस्रो स्थानमा रहे। उनले १५ हजार ५६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka