Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ५ मा एमाले उमेदवार मनोज अग्रवालको पक्षमा बढ्यो माहोल

Calendar बिहिबार, फाल्गुण ०७, २०८२  | साँझ ६:४५ बजे

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का एमाले उमेदवार मनोज अग्रवालको पक्षमा बलियो माहोल बन्दै गएको छ । अग्रवालले अहिले आफ्नो क्षेत्रमा आक्रामक चुनावी अभियान संचालन गरिरहेका छन् । चुनावी प्रचार प्रसार शुरु भएसँगै उनले आफ्नो चुनावी अभियानका क्रममा क्षेत्रका विभिन्न वडामा घरदैलोलाई तीव्र पारेका हुन् ।

एमालेका विभिन्न जनवर्गीय संगठन, भातृसंगठनका पदाधिकारी तथा कार्यकर्ताहितको ठूलो उपस्थिति रहेको छ । सर्वसाधारणले उनलाई ठाउँठाउँमा स्वागत गरिरहेका छन् । पार्टी कार्यकर्ता, भातृ र जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा घरघरमा अभियान संचालन भईरहेको छ । यस क्रममा अग्रवालले आफू स्थानीय उमेदवार हुनुको नाताले सदैव जनतामाझ नै रहने बताएका छन् । बिहीवार अग्रवाल विराटनगर महानगरपालिकाको वडा नं १३ मा चुनावी घरदैलोसहित मतदाता साक्षात्कार गरेका छन् ।

आफ्नो क्षेत्रको विकासका एजेन्डासहित उनी मतदातामाझ पुगेका छन् । अग्रवालले संघीय संसदमा पुगे कानुन निर्माणसँगै स्थानीय विकासलाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । मतदातासँगको साक्षात्कारमा पहिले जितेर जानेहरुले आश्वासन दिने गरेको तर जनताको अपेक्षा पुरा नभएको भन्ने गुनासो सर्वसाधारणले गर्ने गरेको अग्रवालले सुनाए ।

यस पटक मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा अग्रवाल एमालेका तर्फबाट फ्रेस उमेदवार हुन् । उनले यसअघि उनी सोही क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रही नेतृत्वदायी भूमिका थिए । उनले रंगेली क्षेत्रका विभिन्न सामाजिक क्षेत्रमा आफ्नो सफल नेतृत्व प्रस्तुत गरिसकेका छन् ।

क्षेत्रको विकासका लागि आफ्नो घोषणा पत्र जनतामाझ लगेर अग्रवालले अरुले पूरा गर्न नसकेको बाचा आफूले पूरा गर्ने मतदातालाई सम्झाई रहेका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, स्थानीय रोजागरी, उद्योगमा देखा परेका समस्याको निराकरण, स्थानीय आदिवासी समुदायको समस्यमा समाधान तथा समाजिक विकासको क्षेत्रमा सकारात्मक पहल कदमी लिने अग्रवालका प्रमुख एजेन्डा रहेका छन् ।

एमाले क्षेत्रीय समितिले जनाएअनुसार घरदैलो लगत्तै कोणसभा तथा चुनावी सभाहरु आयोजना हुनेछन् । अहिले उमेदवारसँगै वडा तथा टोलस्तरमा गठन भएका प्रचार समितिले समेत चुनावी अभियान संचालन गरिरहेका छन् ।

घरदैलोलाई आक्रामक ढंगले चुनावी अभियान बढाएसँगै मतदाता तथा सर्वसाधारणमा जागरुकता छाएको देखिएको छ । मोरङ ५ अहिले एमालेको पक्षमा जनलहर समेत बढ्दै गएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka