Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङका ६ वटै क्षेत्रमा फरक-फरक स्थानमा मतगणना हुने

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतगणना छुट्टाछुट्टै स्थानमा गर्ने व्यवस्था गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले प्रत्येक क्षेत्रका लागि अलग गणना केन्द्र निर्धारण गरेको जनाएको छ।

कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना उर्लाबारीस्थित उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ। क्षेत्र नम्बर २ को मतगणना सिजुवामा रहेको विश्वनाथ मन्दिर परिसरमा गरिनेछ।

त्यसैगरी क्षेत्र नम्बर ३ को मतगणना बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा हुने व्यवस्था गरिएको छ भने क्षेत्र नम्बर ४ को मतगणना विराटनगरको जनता नमूना माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ।

क्षेत्र नम्बर ५ को मतगणना विराटनगरमा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा हुनेछ भने क्षेत्र नम्बर ६ को मतगणना विराटनगरकै आदर्श माध्यमिक विद्यालयमा गर्ने निर्णय गरिएको छ।

मतपेटिका सुरक्षित रूपमा सम्बन्धित गणना केन्द्रमा पुर्‍याएपछि मात्रै मतगणना प्रक्रिया सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निष्पक्ष र व्यवस्थित ढंगले मतगणना सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था समेत मिलाइएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka