Premier Cables
Premier Steel

विराटनगर

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी खटिए, सबै मतदानस्थलमा सामग्री पुग्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण १९, २०८२  | बिहान ९:१२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारी खटाइसकिएको छ। कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा आवश्यक निर्वाचन सामग्री ढुवानी भइसकेको छ।

मोरङमा ३०६ मतदानस्थल र ८८८ मतदान केन्द्र रहेका छन्। सबै मतदानस्थल र केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको जानकारी मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले दिएका छन्।

निर्वाचनका लागि आवश्यक मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिएको छ भने अन्य ५२ प्रकारका सामग्री निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतलाई हस्तान्तरण गरिएको छ। ती सबै सामग्री सम्बन्धित मतदानस्थल र केन्द्रमा पुर्‍याइसकिएको कार्यालयले जनाएको छ।

मोरङमा ८८८ जना मतदान अधिकृत, ८८८ जना सहायक मतदान अधिकृत र ५,३४६ जना कर्मचारी परिचालित छन्। प्रत्येक निर्वाचन क्षेत्रमा २–२ जनाका दरले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीको नेतृत्वमा घुम्ती टोलीसमेत परिचालन गरिएको छ।

जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा गरी १२ सदस्यीय घुम्ती टोली सक्रिय रहेको छ। ११० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka