Premier Cables
Premier Steel

कोशी प्रदेश

मौन अवधि उल्लङ्घन: बुधनगर प्रहरी कार्यालयअगाडि नै नेकपाको प्रचार कार्यालय खुला

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २०, २०८२  | अपराह्न १२:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा मौन अवधिका बेला पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रचार कार्यालय खुला रहेको पाइएको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा समेत कार्यालय सञ्चालनमै रहेपछि यसले विवाद निम्त्याएको छ। स्थानीयका अनुसार कार्यालयमा मतदाता तथा पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति देखिने गरेको छ। त्यो क्षेत्रमा नेकपाबाट शिवकुमार मण्डल उमेदवार छन् ।

बिज्ञापन

उक्त कार्यालय बुधनगरस्थित इलाका प्रहरी कार्यालयको ठीक अगाडि पट्टि अवस्थित छ। प्रहरी कार्यालयकै सामुन्ने प्रचार गतिविधि भइरहेको देखिए पनि सम्बन्धित निकायबाट आवश्यक चासो नदेखाइएको भन्दै अन्य राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरूले आपत्ति जनाएका छन्। उनीहरूले निर्वाचन आचारसंहिता विपरीत गतिविधि भइरहँदा समेत प्रहरी प्रशासन मौन बसेको गुनासो गरेका छन्।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि दलले प्रचार–प्रसारसम्बन्धी गतिविधि गर्न, सभा–जुलुस आयोजना गर्न वा प्रचार कार्यालय सञ्चालन गर्न पाउँदैन। आचारसंहिता लागू भएपछि विभिन्न स्थानमा सुरक्षाकर्मीहरूले दलका तुल, ब्यानर, झण्डा तथा अन्य प्रचार सामग्री हटाउने कार्यसमेत गरेका छन्।

तर, मोरङ–५ को बुधनगर क्षेत्रमा रहेको नेकपाको कार्यालय भने अझै खुला नै रहेको छ। यस विषयमा निर्वाचन अधिकृतको कार्यालय वा सुरक्षा निकायले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।

मौन अवधिको संवेदनशील समयमा प्रचार कार्यालय सञ्चालन हुनु आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै सरोकारवालाहरूले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka