विराटनगर । मोरङ जिल्लामा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५२.१४ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका छन्।
खसेको मतमध्ये १ लाख ९७ हजार ६६६ पुरुष र २ लाख ९ हजार ४९ महिला मतदाता रहेका छन् भने २ जना अन्य मतदाता रहेका छन्।
प्रतिनिधि सभा क्षेत्रअनुसार क्षेत्र नम्बर १ मा ६७ हजार ४९ (४७.९६ प्रतिशत) मत खसेको छ भने क्षेत्र नम्बर २ मा ५६ हजार ३९६ (४४.६० प्रतिशत) मत खसेको छ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा ७३ हजार ५१४ (४५.८८ प्रतिशत) मत खसेको छ। क्षेत्र नम्बर ४ मा ६८ हजार ५६० (५७.४९ प्रतिशत) मत खसेको छ।
क्षेत्र नम्बर ५ मा ६४ हजार ३६६ (४८.४९ प्रतिशत) र क्षेत्र नम्बर ६ मा ७७ हजार ८३० (५६.४७ प्रतिशत) मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मोरङ जिल्लामा रहेका ८८८ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
