Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ४ मा एमालेका उमेदवार जीवन घिमिरेको पक्षमा छायो लहर

Calendar बिहिबार, फाल्गुण ०७, २०८२  | साँझ ६:४९ बजे

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का एमाले उमेदवार जीवन घिमिरेले आक्रामक चुनावी अभियान शुरु गरेका छन् । चुनावी प्रचार प्रसार शुरु भएसँगै घिमिरेले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका हुन् । एमालेका विभिन्न जनवर्गीय संगठन, भातृसंगठनका पदाधिकारी तथा कार्यकर्ताहितको ठूलो उपस्थिति सहित घिमिरे चुनावी अभियानमा सक्रिय भएका छन् ।

घिमिरेले बिहीवार विराटनगर महानगरपालिकाको वडा नं १० मा चुनावी घरदैलोसहित मतदाता साक्षात्कार गरेका छन् । आफ्नो क्षेत्रको विकासका एजेन्डासहित उनी मतदातामाझ पुगेका छन् । घिमिरेले संघीय संसदमा पुगे कानुन निर्माणसँगै स्थानीय विकासलाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । मतदातासँगको साक्षात्कारमा पहिले जितेर जानेहरुले आश्वासन दिने गरेको तर जनताको अपेक्षा पुरा नभएको भन्ने गुनासो आउने गरेको आफूले पाएको घिमिरेले सुनाए ।

यस पटक मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा घिमिरे एमालेका तर्फबाट फ्रेस उमेदवार हुन् । उनले यसअघि सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्रमा विजयी भई प्रदेश मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । सामाजिक विकास मन्त्री हुँदा विकासका धेरै काम गरेर चर्चित बनेका थिए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद तथा समाजिक विकासको क्षेत्रमा सकारात्मक पहल कदमी लिएका थिए ।

घिमिरेले आफू स्थानीय उमेदवार भएको हिसाबले सँधै जनतामाझ नै रहने र जनसेवक भएर काम गर्ने बताएका छन् ।

एमाले क्षेत्रीय समितिले जनाएअनुसार घरदैलो लगत्तै कोणसभा तथा चुनावी सभाहरु आयोजना हुनेछन् । अहिले उमेदवारसँगै वडा तथा टोलस्तरमा गठन भएका प्रचार समितिले समेत चुनावी अभियान संचालन गरिरहेका छन् ।
घरदैलोलाई आक्रामक ढंगले चुनावी अभियान बढाएसँगै मतदाता तथा सर्वसाधारणमा जागरुकता छाएको देखिएको छ ।

घिमिरेका अनुसार अहिले एमालेको पक्षमा जनलहर समेत बढ्दै गएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka