Premier Cables
Premier Steel

कोशी प्रदेश

जीवन घिमिरेको चुनावी घोषणा पत्रमा के छ ?

Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | अपराह्न ३:४३ बजे

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार जीवन घिमिरेले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले समाजवाद उन्मुख ऐन-कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताए।

घिमिरेले भदौ २३ र २४ गतेको प्राकृतिक विपत्तिबाट ध्वस्त संरचनाको पुनर्निर्माण, कटहरी-ग्रामथान-बेलबारीलाई तरकारी पकेट क्षेत्र घोषणा तथा झोराहाटमा कोल्ड स्टोर स्थापनाको पहल गर्ने प्रतिबद्धता जनाए। उनले तमोर-चिसाङ डाइभर्सन आयोजना सञ्चालन, सिँचाइका लागि डीप बोरिङ, किसानलाई समयमै बीउमल उपलब्ध गराउने व्यवस्था मिलाउने बताए।

स्वास्थ्यतर्फ बेलबारी, ग्रामथान र कटहरीमा १०० बेड अस्पताल स्थापना

सिंघिया नदी तट सौन्दर्यकरण, धनपालथान, बालुघाट र बजरंगबली क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, विराटनगरमा आइटी हब स्थापना र रोजगार बैंक अवधारणा कार्यान्वयन गर्ने योजना उनले अघि सारे।

स्वास्थ्यतर्फ बेलबारी, ग्रामथान र कटहरीमा १०० बेड अस्पताल स्थापना, कोशी कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालन तथा स्वास्थ्य बीमा सुविधा पुनः एक लाख कायम गर्ने उल्लेख गरे।

पूर्वाधार विकासअन्तर्गत विराटनगर रिङरोड सम्पन्न गर्ने

, विभिन्न सडक कालोपत्रे, तटबन्ध निर्माण, रेल सेवा विस्तार तथा झोलुङ्गे पुल निर्माण गर्ने योजना सार्वजनिक गरे। सिमान्तकृत समुदायको भाषा-संस्कृति संरक्षण, भूमिहीनलाई धनीपुर्जा वितरण र सामाजिक सुरक्षा सुदृढीकरणमा जोड दिने उनको प्रतिबद्धता छ।

 

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka