Premier Cables
Premier Steel

कोशी प्रदेश

जीवन र मनोजको चुनावी तयारी, पार्टी ‘विङ्स’सँग छलफल गर्दै जनताबीच नजिक

Calendar सोमबार, माघ १९, २०८२  | अपराह्न १:५८ बजे

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उमेदवारले आफ्ना गतिविधिलाई तीव्र पारेका छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा एमालेका उमेदवार क्रमशः जीवन घिमिरे तथा मनोज अग्रवालले पार्टीका भातृसंस्था, जनवर्गीय संगठन र पार्टीका अन्य शुभेच्छुक संस्थाका प्रतिनिधि तथा पदाधिकारीसँग छलफल तीव्र बनाएका हुन् ।

बिज्ञापन

घिमिरेले पार्टी संगठनका आन्तरिक छलफल तथा बैठकमार्फत चुनावी तयारीलाई चुस्त रुपमा अघि बढाइरहेका छन् । यसैगरी उमेदवार अग्रवाल आफ्नो निर्वाचन क्षेत्रका सबै वडाहरुमा पुगेर चुनावी तयारीमा लागेका छन् ।

पार्टी विङ्समार्फत उमेदवारहरुले त्यहाँका समस्या, पार्टी परिचालनको रणनीति बनाउनुका साथै पहिले जितेर गएबाट काम नभएका विषयमा समेत छलफल गरिरहेका छन् । उमेदवारले नयाँ नयाँ योजनासाथ चुनावी अभियान तीव्र गरिरहँदा जनस्तरबाट भने विगतमा अपेक्षित विकासको काम हुन नसकेको, जित्ने जाने तर नेता नर्फकने समस्याबारे उमेदवारलाई अवगत गराई रहेका छन् ।

घिमिरे भन्छन्,‘‘चुनावका बेला मत माग्न आउने त्यसपछि हराउने समस्या धेरै रहेछ, म स्थानीय नै भएकोले जनताको मनमुटुमा बस्ने र यहीँ बस्ने कार्ययोजनासाथ अघि बढेको छु ।’’

मोरङ ५ का एमाले उमेदवार मनोज अग्रवालले गाउँका दूरदराज पुग्दा पहिलेका उमेदवारसँग जनताले धेरै नै गुनासो गर्ने गरेको पाएको सुनाए ।

उनले भने,‘‘ठूलाठूला आश्वासन दिएर काम भने नगरेको भन्ने पार्टीपंक्तिबाट पनि रिर्पोटिङ भएको छ, हामी ठूला सपनामात्र नभएर जनताका साना समस्यालाई सम्बोधन गर्ने र प्राथमिकतामा राख्ने गरी अघि बढेका छौं ।’’

जनतालाई ढाँट्ने परिपाटी आफूले देखेको तर त्यसलाई चिरेर काम गर्ने तयारी रहेको उनले सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka