विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा एमालेका उमेदवार मनोज अग्रवालले पार्टी, भातृ तथा जनवर्गीय संगठनको भेला तथा छलफललाई तीव्रता दिएका छन् ।
यस क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरुमा पुगेर उनले चुनावी तयारी र रणनीतिबारे छलफल अघि बढाएका हुन् ।
उमेदवार अग्रवालको सचिवालयले जनाएअनुसार त्यस क्रममा स्थानीय रुपमा सम्बोधन गर्नुपर्ने विकासका मुद्दा तथा जनअपेक्षाका विषयमा विचार विमर्श भएको छ ।
अग्रवालले जनचाहना अनुसार आफू अघि बढ्न र विकासलाई गति दिनकै लागि उमेदवार भएर आएको बताएका छन् । यसै क्रममा उनले विराटनगर १६ स्थित बौद्ध गुम्बामा दर्शन गरेका छन् ।
त्यस क्रममा सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको र सबै धर्मालम्बीको आत्मसम्मान बढाउन सदैव अग्रसर हुने बताए ।
यस क्रममा स्थानीय सडक, पुल, पुलेसा, सिंचाई लगायत विषयमा उठेका विषयमा समेत छलफल गरी समस्या समाधानमा आफूले दर्बिलो ढंगले पहल लिने प्रतिवद्धता जनाएका छन् ।
