Premier Cables
Premier Steel

कोशी प्रदेश

पचासभन्दा धेरै जेनजी युवालाई अग्रवालले गरे एमालेमा स्वागत

Calendar आइतबार, माघ २५, २०८२  | अपराह्न १२:५९ बजे

रङ्गेली । मोरङको रङ्गेली वडा कार्यालय जलाउन आएकाहरुलाई लखेट्ने ५० भन्दा धेरै जेनजीहरु एमालेमा प्रवेश गरेका छन् ।

मोरङ्ग ५ का एमाले उमेदवार मनोज अग्रवालको प्रमुख आतिथ्यमा भएको एक समारोहबीच जेनजी युवा एमाले प्रवेश गरेका हुन् । गत भदौ २४ गते देशभरि सरकारी कार्यालय जलिुरहेको थियो ।

 

त्यहीबेला रङ्गेली नगरपालिका वड नम्बर ४ को कार्यालय जलाउन एउटा भिड त्यतै लाग्दै थियो । तर, उनीहरुलाई युवाले बस्तीबाट लखेटेर भगाएका थिए। एमाले प्रवेश गरेका एक जेनजी युवाले भने,‘‘देश बनाउने हो, जलाउने होइन ।’’ एमालेमा आएका युवाहरुलाई अग्रवालले स्वागत गरेका थिए ।

 

त्यस अवसरमा उनले भने,‘‘देश बनाउनका लागि युवाशक्ति परिचालन हुनुपर्छ नकी बिगार्न र संरचना भत्काउन ।’’ युवाहरुलाई सही ढंगले परिचालन गर्न र उनीहरुको मनोभावअनुसार काम गर्न आफू सदैव तयार रहेको अग्रवालले बताए ।

 

पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य उद्धव पोखरेल, जिल्ला कमिटीका पदाधिकारीसमेत सहभागी थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka