Premier Cables

कोशी प्रदेश

कांग्रेसले ‘भिजन टेन’ र ‘डोजेन भिजन’ सहितको छोटो घोषणा पत्र ल्याउँदै छः महामन्त्री घिमिरे

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १७, २०८२  | अपराह्न ३:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ।

पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्।

विज्ञापन

घिमिरेले यसपटकको घोषणापत्र छोटो, स्पष्ट र सारगर्भित हुने बताए। “पहिले पहिले घोषणापत्रमा धेरै विषयहरू समेटिने हुँदा धेरै प्रतिबद्धताहरू रहने भएकाले सबै बाचाहरु पूरा हुन सक्दैनथे।” उनले भने,”अहिले पार्टी नेतृत्वमा परिवर्तन आएसँगै हामीले घोषणापत्र बनाउने माेडलमा पनि परिवर्तन ल्याएका छौं ।

अधिकतम १० देखि १२ प्रतिबद्धताहरू रहनेछन्, जुन शतप्रतिशत पूरा हुन्छन्।”

घोषणापत्र छोटो रहँदा पार्टीका सबै वाचाहरू आम नागरिकले सजिलै बुझ्न र सम्झन सक्ने घिमिरेको तर्क थियो। ती प्रतिबद्धताहरू क्रमशः पूरा नभए जनताले पार्टीसँग जवाफदेहिता समेत खोज्न सहज हुने उनले बताए।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सुशासनको सवालमा पार्टीले के के गर्ने भन्ने विषयमा स्पष्ट रूपमा उल्लेख हुने घिमिरेको भनाइ छ। हाल घोषणापत्र निर्माणको क्रममा पार्टीले जिल्लाहरूबाट सुझाव सङ्कलन गरिरहेको उनले जानकारी समेत दिए।

नेपाली कांग्रेस सिंङ्गै देशकाे पार्टी रहेकाले पार्टीको घोषणापत्र कस्तो हुनुपर्ने भन्ने विषयमा सबै आम नेपालीलाई सुझाव पठाउन महामन्त्री घिमिरेले आह्वान समेत गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka