विराटनगर । विराटनगर १९ को खद्रा टोलबाट ठूलो संंख्यामा जेनजी युवक युवती, स्थानीय र कांग्रेस नेता तथा कार्यर्का नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार नेकपा एमालेका मोरङ क्षेत्र नम्बर ४ का उमेदवार तथा पार्टी पदाधिकारीको उपस्थितिमा खद्रा टोलका ८० जना एमालेमा प्रवेश गरेको हो । स्थानीय नेता विदुर तिम्सिनासहितका युवा औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन । तिम्सिना यसअघि एमालेमै थिए तर पछि अलग भएका थिए ।
बिज्ञापन
त्यस अवसरमा एमाले मोरङ जिल्ला सचिव सोमराज थापालगायत सहभागी थिए । थापाले खद्रा टोलमा विगतबाट मत लिएर जाने काम मात्र भएको तर विकासमा भने पछि पारिएकोले एमालेले अब यो क्षेत्रको विकासमा ध्यान दिने बताए ।