Premier Cables
Premier Steel

राजनीति

विगतको गल्ती कमजोरीहरू सुधार्ने सङ्कल्पसहित मधेश आएको हुँः गगन थापा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ १४, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतको गल्ती कमजोरीहरू सुधार्ने सङ्कल्पसहित आफू मधेशमा आएको बताएका छन्।

आज सर्लाही ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मधेश कांग्रेसको जन्मभूमि भएको जिकिर गरे।

बिज्ञापन

‘मधेश काँग्रेसको जन्मभूमि हो’, उनले भने,‘हामी हो यसको जेठो छोरा। हामीले गर्नुपर्छ यसको सेवा। हामीले पूरा गर्नुपर्छ यहाँको मागका सन्दर्भमा भने हामीले जुन जिम्मेवारी उठाउनुपर्ने थियो कहीँ न कहीँ त्यो चुक हामीबाट भयो।

त्यसकारणले गर्दा आज नेपाली कांग्रेस पार्टी आफ्नो सभापतिलाई यही मधेशको उम्मेदवार बनाएर सिङ्गो मधेशमा होमिन आएको छ। मधेशको जिम्मा हामी लिन्छौँ।’

अरूले के गरे भन्नु भन्दा काँग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिए ।

सभापति थापाले काँग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट काँग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka