काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचनपछि पहिलोपटक सर्लाही पुगेका छन्। २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही भ्रमणमा गएका हुन्।
सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा भने उनी पराजित भएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उमरेश कुमार सिंहले हराएका थिए।
बिज्ञापन
थापाको सचिवालयका अनुसार उनी सर्लाही–४ मा कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुने कार्यक्रम रहेको छ। सचिवालय सदस्य शंकर कुइँकेलले सभापति थापाले अभियानका विभिन्न कार्यक्रममा सहभागिता जनाउने जानकारी दिएका छन्।