Premier Cables
Premier Steel

राजनीति

नेकपाद्वारा हरिबोल गजुरेल निष्कासित

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १०, २०८२  | साँझ ४:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै गजुरेलमाथि कारबाही गरिएको नेकपाले जनाएको छ ।

नेकपाले सिन्धुली-२ मा राजन दाहाललाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको छ । आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा त्यसलाई समर्थन गर्ने प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको पार्टीको भनाइ छ ।

गजुरेलले पार्टीको निर्णय विपरीत सिन्धुली–२ मा राजन दाहालविरुद्ध महेश्वर दाहाललाई उम्मेदवार उठाएका थिए । यही कारण उनलाई पार्टीबाट निष्कासन गरिएको नेकपाले स्पष्ट पारेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka