विराटनगर । नेकपा एमाले मोरङका पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
विराटनगरमा आज आयोजित एकता सन्देश सभामा उनी एमाले परित्याग गरी नयाँ पार्टीमा प्रवेश गरेका हुन । सभामा सहभागी पार्टीका संयोजक पुष्पकमल दाहाल, नेता माधव कुमार नेपाल, झलनाथ खनालले पार्टीमा स्वागत गरे ।
बिज्ञापन
आफू ३२ वर्षदेखि एमालेमा सक्रिय रहेको बताउँदै आज नेकपा एमालेलाई परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको बताए । कुनै सामान्य पार्टी अदल बदल गर्ने हिसाबले नआएको खतिवडाले बताए ।
कम्युनिष्ट नीतिबाट विचलित भएकोले एमाले परित्याग गरेको उनले बताए । एमालेमा निरकुंश व्यवस्था लादेर व्यक्तिवादी परिपाटी लागू गरिएको आरोप लगाए । उनीसँगै झापाका राजकुमार लिम्बू पनि प्रवेश गरे ।