Premier Cables
Premier Steel

कोशी प्रदेश

बालेन रास्वपाको चुनावी अभियानमा विराटनगर आउँदै

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०८, २०८२  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनलाई लक्षित गर्दै इलाम पुगेका छन्।

उनले पार्टीका उम्मेदवारको पक्षमा मत माग्दै स्थानीय मतदातासँग भेटघाट गरेका छन्।

बिज्ञापन

इलाममा आयोजित विभिन्न कार्यक्रममार्फत शाहले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराएका छन्।

सो अवसरमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने दाबीसमेत गरेका छन्।

चुनावी अभियानकै क्रममा माघ १७ गतेसम्ममा विराटनगर आउने भएका छन् । उनले महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुसँग समेत छलफल गर्ने बताइएको छ ।

यसैगरी रास्वपाका उमेदवारसँग पनि उनले भेटघाट गरी चुनावी अभियानमा सहभागी हुने रास्वपा स्रोतले जनाएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka