राष्ट्रिय
मेयरबाट राजीनामा दिएर रास्वपा बैठकमा जाँदै बालेन
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ५ गते) पदबाट राजीनामा दिने तयारी गरेका छन्।
बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलका अनुसार उनले दिउँसो २ बजेअघि नै मेयर पदबाट राजीनामा दिनेछन्। त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
बिज्ञापन
“दिउँसो २ बजे रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन मेयरज्यू जानुहुन्छ। त्यसअघि काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा दिनुहुन्छ,” पोखरेलले बताए।
बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामापत्र बुझाउनेछन्। राजीनामापछि उनी औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने उनको योजना रहेको बताइन्छ।
बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै भारी मतान्तरसहित काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
Bagmati

- मार्बल ट्रक दुर्घटना मृतकका परिवारलाई ११ लाख क्षतिपूर्ति, महासंघ भने असन्तुष्ट !
- गुण्डा पृष्ठभूमिका चक्रे मिलन बने एमाले उमेदवार
- भानुभक्त ढकाल ‘टुरिस्ट’ बनेर मोरङ-३ झरे, यस पटक उक्लिए पहाड !
- मेयरबाट राजीनामा दिएर रास्वपा बैठकमा जाँदै बालेन
- आधिकारिता दाबी गर्न देउवा समूह अदालत जाँदै
- नेपालद्वारा थाइल्याण्ड सामु १२३ रनको लक्ष्य प्रस्तुत
- झापामा दुई पटक जितेका एमालेका एलपी साँवा आउट, दिपक कार्कीले टिकट लिन मानेनन् !
- कांग्रेस रुपान्तरित भएकाले झापा ५ मा जित्ने नेताहरुको दाबी
- मोरङका खाली क्षेत्रमा कस्ले पाउला एमालेको टिकट ? विनोद ढकाल राखिए ‘होल्ड’मा
- प्रतिनिधि सभा उमेदवारमा कोसीबाट एमालेका को-को छुटे, नयाँ कस्को बन्यो सूची ?









