Premier Cables
Premier Steel

राष्ट्रिय

मेयरबाट राजीनामा दिएर रास्वपा बैठकमा जाँदै बालेन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ५ गते) पदबाट राजीनामा दिने तयारी गरेका छन्।

बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलका अनुसार उनले दिउँसो २ बजेअघि नै मेयर पदबाट राजीनामा दिनेछन्। त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।

बिज्ञापन

“दिउँसो २ बजे रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन मेयरज्यू जानुहुन्छ। त्यसअघि काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा दिनुहुन्छ,” पोखरेलले बताए।

बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामापत्र बुझाउनेछन्। राजीनामापछि उनी औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने उनको योजना रहेको बताइन्छ।

बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै भारी मतान्तरसहित काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka