Premier Cables

राजनीति

प्रतिनिधि सभा उमेदवारमा ३६-५० उमेर समूहका सबैभन्दा धेरै

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ ०७, २०८२  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि स्वतन्त्रसहित ६८ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ।

विज्ञापन

निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार देशभर कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उमेर समूहका आधारमा हेर्दा सबैभन्दा धेरै ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार रहेका छन्। यस समूहबाट १ हजार ६१० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० जनाले उम्मेदवारी दिएका छन् भने २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना उम्मेदवार छन्। त्यस्तै, ६५ वर्षभन्दा माथिका २०१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

कुल उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र एक जना अन्य रहेका छन्। राजनीतिक दलका तर्फबाट २ हजार २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा २३५ महिला र २ हजार ६४ पुरुष छन्। बाँकी १ हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूची भएकाले उम्मेदवारको संख्यामा केही थपघट हुन सक्ने जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka