Premier Cables
Premier Steel

मौसम

देशभरको मौसममा क्रमिक सुधार हुँदै, वर्षा कम हुने

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । शुक्रबार र शनिबार देशका अधिकांश भूभागमा भएको वर्षा अब क्रमशः कम हुँदै गएको छ । नेपाल मौसम विज्ञान विभागले देशभरको मौसममा क्रमिक सुधार भइरहेको जनाएको छ ।

विभागका अनुसार शनिबार दिउँसोसम्म कोसी, वाग्मती र मधेस प्रदेशमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

विज्ञापन

विभागले शनिबार दिउँसो २ः३३ बजे जारी गरेको मौसमसम्बन्धी विवरणमा देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा देशका केही स्थानमा भारी वर्षासमेत भएको विभागले जनाएको छ । वर्षाका कारण विभिन्न खोलानदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।

लगातारको वर्षापछि मौसममा सुधार देखिन थालेसँगै जनजीवन पनि क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka