Premier Cables
Premier Steel

विराटनगर

मोरङमा भारतबाट अवैध रूपमा ल्याइएको २५ लाखको सयपत्री माला बरामद

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | साँझ ६:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २५ लाख रुपैयाँ बराबरको सयपत्री फूलको तयारी माला मोरङमा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले शनिबार (कात्तिक १४) उक्त माला नियन्त्रणमा लिएको हो ।

विज्ञापन

बिल बिजकबिना भारतबाट नेपाल ल्याइएको सयपत्री फूलको तयारी माला ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ ।

बरामद गरिएको मालाको अनुमानित बजार मूल्य २५ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको फूलको माला सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङमा राखिएको छ ।

तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रूपमा फूल तथा फूलका माला भित्र्याउने क्रम बढ्न सक्ने भएकाले यस घटनालाई सीमा क्षेत्रमा भइरहेको अवैध आयात नियन्त्रणसँग जोडेर हेरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka