Premier Cables
Premier Steel

अपराध

डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना आरोप, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरेको हो ।

विज्ञापन

सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक हानि–नोक्सानी पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा पूर्वनियोजित योजना बनाएर संगठित सञ्जालमार्फत गैरकानुनी आर्थिक लाभ लिएको देखिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेकामध्ये सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएका व्यक्तिहरूमा तत्कालीन महाप्रबन्धक सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज मनहरि शर्मा र तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज रामकेवल राय रहेका छन् ।

उनीहरूलाई काठमाडौंको कोटेश्वर, बालाजु, कास्कीको पोखरा र सर्लाहीको मोहनपुरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

ब्युरोले मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka