Premier Cables
Premier Steel

राष्ट्रिय विराटनगर

“डा. शेखर कोइराला र मैले भेट्दा हाउँगुजी किन ?”

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०२, २०८२  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटलाई अनावश्यक रूपमा हल्ला गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन्।

भण्डारीले बताइन्, “डा. शेखर कोइराला यहीँ विराटनगरका हुन्, म पनि यहीँ हुर्किएकी हुँ। हाम्रो भेटलाई धेरै ठूलो कुरा बनाउनु आवश्यक छैन। देशमा शिक्षा, स्वास्थ्यजस्ता गम्भीर समस्याहरू छन्, यस्तै विषयमा छलफल भएको हो।”

बिज्ञापन

एमाले अध्यक्ष केपी शर्मा ओलीले पारिवारिक विषयमा दिएका टिप्पणीबारे प्रतिक्रिया दिँदै उनले भनिन्, “त्यो विषयमा अध्यक्षज्यूलाई नै सोध्नु उपयुक्त हुन्छ।”

आफ्नो जन्मस्थल भोजपुर भएको उल्लेख गर्दै भण्डारीले भनिन्, “भोजपुर एक प्राचीन जिल्ला हो। मलाई माझकिरातकी छोरी भनेर व्याख्या गरिएको छ, हुन सक्छ केही हितैषीहरूले त्यस्तो अभिव्यक्ति दिएका होलान्। भाष्यहरू त धेरै किसिमले निर्माण गर्न सकिन्छ। म भोजपुरको सामाजिक परिवेशमा हुर्किएकी हुँ।”

नेपालमा वामपन्थी एकता सम्भव छ कि भन्ने प्रश्नमा उनले भनिन्, “वामपन्थी दलहरू धेरै छन्, यस्तो अवस्थामा बाम एकताको तत्काल सम्भावना देख्दिन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka