Premier Cables
Premier Steel

समाचार

मेलमिलाप दिवसमा शेखरकाे सन्देश: बीपीका विचारलाई मनन् गरेर अघि बढाैँ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष १६, २०८२  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र व्यक्तिगत आकांक्षालाई थाती राख्दै आगामी राष्ट्रिय निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि मेलमिलापको नीति नै सबैभन्दा सशक्त आधार भएको उल्लेख गरे।

बिज्ञापन

उनका अनुसार तत्कालीन समयमा विश्वका महाशक्ति राष्ट्रहरूबीचको द्वन्द्वका बीच नेपाललाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले अझ बढी सान्दर्भिक बनेको छ।

“पाँच दशकपछि फेरि विश्व राजनीतिमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू सतहमा आएका छन्,” उनले भनेका छन्, “यस्तो अवस्थामा बीपीका विचारलाई मन, वचन र कर्मबाट पुनः आत्मसात गर्न आवश्यक छ।”

डा. कोइरालाले राष्ट्रिय मेलमिलाप अब कांग्रेसको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा मुद्दा बन्नुपर्नेमा जोड दिए। सत्ताको प्रतिस्पर्धाभन्दा माथि उठेर सार्वभौम नेपालीहरूको सचेतता, सतर्कता र एकता आवश्यक रहेको उनको भनाइ छ। “बीपीको सन्देशको मर्मलाई देशको साझा सोच, उद्देश्य र प्रतिबद्धतामा रूपान्तरण गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा छ,” उनले उल्लेख गरे।

उनले कांग्रेसभित्रको एकतालाई नै राष्ट्रिय मेलमिलापतर्फको पहिलो कदमको रूपमा व्याख्या गर्दै पार्टीभित्रको एकता राष्ट्रका लागि अपरिहार्य भएको स्मरण गराउँदै नेताहरूलाई त्यसतर्फ गम्भीर हुन आग्रह गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa