Premier Cables
Premier Steel

राजनीति

बन्द सूचीबाट १७ निर्वाचन चिह्नका १७५ उम्मेदवारले फिर्ता लिए नाम

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | बिहान १०:४३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आगामी चैत ५ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूचीबाट १७ वटा निर्वाचन चिह्नका कुल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगका अनुसार बन्द सूचीमा समावेश उम्मेदवारले माघ १२ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिन सक्ने व्यवस्था थियो। सो अवधिभित्र १७५ जनाले नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

नाम फिर्ता लिनेमा एउटै निर्वाचन चिह्नअन्तर्गत बन्द सूची बुझाएका विभिन्न राजनीतिक दलका उम्मेदवारहरू रहेका छन्। सहायक प्रवक्ता जीसीका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सबैभन्दा धेरै ११० जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। अन्य दलहरूसँग चुनावी गठबन्धन बनेपछि लोसपाले बन्द सूची संशोधन गरेको हो।

त्यस्तै, जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेकपा (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्रनिर्माण दल नेपालबाट ४–४ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।

नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट २–२ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।

यसैगरी, ‘जाँतो’ निर्वाचन चिह्नअन्तर्गत संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पनि एक–एक जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको आयोगले जनाएको छ।

राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि बन्द सूची मंसिर २८ र २९ गते निर्वाचन आयोगमा बुझाएका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka