Premier Cables
Premier Steel

समाचार

रंगेली स्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

Calendar आइतबार, पुष २०, २०८२  | अपराह्न १:२५ बजे

विराटनगर। मोरङको रंगेली नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको संसारीमाई मन्दिरमा गएराति चोरी भएको छ। अज्ञात समूहले मन्दिरको मुख्य गेटको ताल्चा फोडी बहुमूल्य सामग्री चोरी गरेको हो।

मन्दिर व्यवस्थापनका अनुसार संसारी माताका दुई साना मूर्ति, मुख्य मूर्तिमा लगाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फुटाई भित्र रहेको नगद चोरी भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले चोरी रातिको समयमा योजनाबद्ध रूपमा भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

बिज्ञापन

आइतबार बिहान मन्दिरका म्यानेजर पंकज झाले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले मुचुल्का उठाउने कार्यका साथै शंकास्पद व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।

धार्मिक स्थलमै चोरीको घटना भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। उनीहरूले मन्दिरको सुरक्षाप्रति गम्भीर प्रश्न उठाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न तथा धार्मिक स्थलहरूमा सीसीटीभी जडानसहित थप सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka