Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्प सरकारले संयुक्त राष्ट्र संघलाई दिइने रकम काटिदियो

Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न २:०२ बजे

काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघको कोषमा गर्दै आएको सहयोग रकम भारी मात्रामा कटौती गरेको छ । अमेरिकाले अब केवल दुई अर्ब डलर मात्रै सहयोग दिने घोषणा गरेको छ ।

ट्रम्प सरकारले निरन्तर संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय कार्यक्रमका लागि दिइने कोषमा कटौती गर्दै आएको छ ।

बिज्ञापन

अमेरिकाबाट दिइने दुई अर्ब डलरको आर्थिक सहयोग पहिले दिइने सहयोगको सानो हिस्सा मात्र हो । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार हालका वर्षमा अमेरिकाले यूएनलाई वार्षिक करिब १७ अर्ब डलर आर्थिक सहयोग गर्दै आएको थियो । यसमध्ये ८–१० अर्ब डलर स्वैच्छिक योगदानका रूपमा र अर्बौं डलर संयुक्त राष्ट्रको सदस्यता शुल्कका रूपमा दिइन्थ्यो ।

कोषमा सबैभन्दा ठूलो हिस्सा अमेरिकाबाट आउने भएकाले कोष कटौतीको प्रत्यक्ष असर संयुक्त राष्ट्रले सञ्चालन गर्ने मानवीय योजनामा पर्नेछ ।

साथै, अन्य पश्चिमी देशले पनि कोषमा दिने रकममा कटौती गरेका छन् ।

कोषमा योगदान घटाउँदा संयुक्त राष्ट्रसंघका मानवीय सहयोग कार्यहरूमा कटौती हुने बताइएको छ ।

सहयोग रकम कटौतीबाट लाखौं मानिस भोकमरीको सिकार हुनुका साथै लाखौँलाई विस्थापन गर्ने र विभिन्न रोग सहनुपर्ने अवस्था आउन सक्ने बताइएको छ । साथै, यसले अमेरिकाको ‘सफ्ट पावर’ लाई पनि ठूलो नोक्सान पुर्‍याउनेछ ।

अमेरिकाले कोष रोक्ने निर्णय गर्नुअघि नै संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले खर्च घटाउन नसकेका कारण कर्मचारी कटौती गर्नुपरेको छ ।

साथै अन्य पश्चिमी देशहरूले पनि संयुक्त राष्ट्रको कोषमा कटौती गरेका छन् । यस कटौतीको असर संयुक्त राष्ट्रका विभिन्न मानवीय योजनाहरूमा परेको छ, जुन कोषबाट वित्तपोषित हुन्छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka