Premier Cables
Premier Steel

समाचार

अमेरिकाले दिएका एयर एम्बुलेन्स र स्काईट्रक काठमाडौं आइपुगे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा नयाँ जहाज सहयोगस्वरूप प्रदान गरेको छ। ती जहाज शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका छन्। यद्यपि, औपचारिक रूपमा सेनालाई हस्तान्तरण गर्न भने अझै बाँकी रहेको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्राप्त जहाजमध्ये एक स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो। “जहाजहरू नेपाल आइपुगेका छन्। निकट भविष्यमा एक कार्यक्रम आयोजना गरी सेनालाई हस्तान्तरण गरिनेछ,” बस्नेतले जानकारी दिए।

बिज्ञापन

सेनाले स्काईट्रकलाई विशेषगरी विपद् व्यवस्थापन, उद्दार तथा राहत कार्यका लागि प्रयोग गर्ने तयारी गरेको छ। यसले दुर्गम क्षेत्रहरूमा सामान ढुवानी, उद्धार र आपतकालीन सहायता पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

नेपाली सेनाले पाएको अर्को जहाज एयर एम्बुलेन्स भने देशमै पहिलो पटक दर्ता हुने समर्पित हवाई एम्बुलेन्स हो। सेनाले यसलाई सुत्केरी, घाइते, गम्भीर बिरामी र विपद् पीडितहरूको उद्धारमा प्रयोग गर्नेछ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार यो जहाज नेपालमा दर्ता हुने पहिलो एयर एम्बुलेन्स हुनेछ। “निजी क्षेत्रमा कुनै कम्पनीसँग डेडिकेटेड एयर एम्बुलेन्स छैन,” उनले बताए।

कोभिड-१९ महामारीका बेला एयर एम्बुलेन्सको आवश्यकता देखिए पनि निजी क्षेत्रसँगको छलफल सफल नभएको जनाउँदै उनले भने, “नेपालमा हुने मेडिकल इमर्जेन्सीका लागि यस्तो जहाज अत्यावश्यक छ। सेनाले पाएको यो एयर एम्बुलेन्स ठूलो उपलब्धि हो।”

यद्यपि, सेनाको यो एयर एम्बुलेन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाउने सम्भावना कम रहेको भूल बताउँछन्। “सैनिक जहाज भएकाले अनुमति प्रक्रिया जटिल हुन सक्छ,” उनले भने, “तर नेपालभित्रको उद्धारका लागि यो निकै सस्तो र प्रभावकारी विकल्प हुनेछ।”

यसअघि, सन् २०१९ मा पनि अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा जहाज प्रदान गरिसकेको छ। योपटकको सहयोगपछि सेनासँग रहेका जहाजहरूको संख्या २० पुगेको छ। सेनाले हालसम्म उद्धारका लागि मुख्यतः हेलिकप्टर प्रयोग गर्दै आएको थियो।

यो सहयोगसँगै नेपाली सेनाको उद्धार क्षमता थप सुदृढ हुने विश्वास गरिएको छ। एयर एम्बुलेन्सको सञ्चालनले नेपालमा मेडिकल इमर्जेन्सी व्यवस्थापनमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa