Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकाको टेक्ससमा भीषण बाढी : १५ बालबालिकासहित ५१ जनाको मृत्यु, ८५० भन्दा बढीको उद्धार

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

अमेरिका । अमेरिकाको मध्य टेक्सस राज्यमा आइतबार राति अचानक आएको भीषण बाढीले जनधनको ठूलो क्षति गरेको छ। भीषण वर्षापछिको बाढीमा परेर १५ बालबालिकासहित कम्तीमा ५१ जनाको ज्यान गएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। बाढीले ठूलो क्षेत्र प्रभावित बनाउँदा सयौँ मानिस हराइरहेका छन् भने तीमध्ये धेरैजसो अझै फेला परेका छैनन्।

सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको बताइएको छ जहाँ मात्रै ४३ जनाले ज्यान गुमाएका छन्। उक्त क्षेत्रमा अवस्थित ग्वाडआलूपे नदी किनारको एक ‘क्रिश्चियन युथ क्याम्प’ मा रहेका २७ जना बालबालिका अझै बेपत्ता रहेको काउन्टीका अधिकारीहरूले जनाएका छन्।

बिज्ञापन

केर काउन्टीका शेरिफ ल्यारी लिथले खोजी तथा उद्धारकार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका छन्। “खोजीकार्य जारी छ र सबैजना नभेटिएसम्म जारी रहनेछ,” उनले भने। खोजीमा स्थानीय अधिकारीका साथै राष्ट्रिय गार्ड, उद्धार टोली र स्वयंसेवकहरू पनि सहभागी छन्।

यसैबीच, ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीजस्ता अन्य प्रभावित क्षेत्रमा पनि मानिसहरूले ज्यान गुमाएका खबर आएका छन्। राज्यका विभिन्न भागमा संचार र यातायात अवरुद्ध बनेका छन्, दर्जनौँ घर डुबानमा परेका छन्, र सयौँ परिवार अस्थायी शिविरमा आश्रित छन्।

बाढीबाट प्रभावित क्षेत्रहरूमा करिब ८५० जनाको सफलतापूर्वक उद्धार गरिएको छ। अझै पनि धेरैजसो स्थानमा बाढीको पानी नघटेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

स्थानीय प्रशासनले मानिसहरूलाई सुरक्षित स्थानमा सर्न र बाढी प्रभावित क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ। अमेरिकी मौसम विभागले अझै केही दिन ती क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ, जसले परिस्थितिलाई अझ जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो घटना पछिल्ला वर्षहरूमा टेक्ससले भोग्नुपरेका सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको छ। उद्धारपछि राहत वितरण र पुनःस्थापनाको चुनौतीसमेत थपिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka