Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको डम्पिङ साइट सार्ने विषयमा स्थानीयको विरोध, सडकमै रोकिए गाडी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १०, २०८२  | अपराह्न ३:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकाले पुस १ गतेदेखि विराटनगर–६ ब्रम्हापुरामा रहेको डम्पिङ्ग साइट स्थानान्तरण गर्दै विराटनगर–१६ स्थित दरैया बस्तीको पश्चिमतर्फ केसलिया नदी किनारको खाली जग्गामा फोहर डम्प गर्ने व्यवस्था गरेको थियो। तर उक्त स्थानको खोला पारि पर्ने बर्जु गाउँपालिकाका स्थानीयवासीले विरोध जनाएपछि बिहीबार दिनभर फोहर बोकेका गाडीहरू सडकमै रोकिएका थिए।

स्थानीयको विरोधकै बीच प्रहरीको सुरक्षा घेरामा दिउँसो करिब ३ बजे पुगेका केही फोहरका गाडीलाई डम्पिङ्ग साइटसम्म लैजाने प्रयास गरिए पनि स्थानीयवासीले निरन्तर विरोध जारी राखेका थिए।

बिज्ञापन

कुनै स्पष्ट व्यवस्थापन र पूर्व सहमति विना खुला स्थानमा फोहर फ्याक्न लगिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। खुला ठाउँमा फोहर थुपारिँदा दुर्गन्ध फैलिने, मानव स्वास्थ्यमा असर पर्ने तथा कृषि उत्पादनमा समेत नकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ। उचित व्यवस्थापन योजना र कागजी सहमति नहुँदासम्म फोहर फ्याक्न नदिने अडान स्थानीयले लिएका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार नै स्थानीयवासी, स्थानीय जनप्रतिनिधि तथा विराटनगर महानगरपालिकाबीच छलफल तथा वार्ता गरिरहेको जनाएको छ। वार्ताका क्रममा केही समय उक्त क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

स्थानीय प्रतिनिधि वार्तामा सहभागी भइरहेकै बेला त्यहाँ उपस्थित अन्य व्यक्तिहरूले फोहर फ्याक्न नदिने अडान लिएपछि स्थिति तातेको थियो।

प्रहरीको सुरक्षा व्यवस्थाबीच अन्ततः फोहर बोकेका सबै गाडीहरू डम्पिङ्ग साइटसम्म पुर्‍याइ फोहर फालिएको भए पनि स्थानीयवासीले सहमति नभएसम्म दैनिक रूपमा फोहरका गाडी रोक्ने चेतावनी दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka