Premier Cables
Premier Steel

मौसम

तराई-मधेशमा तीन दिनसम्म हुस्सु र कुहिरोको कहर, सतर्क रहन मौसम विभागको आग्रह

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै देशका तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ । पुस ९ गतेदेखि ११ गतेसम्मको पूर्वानुमान अनुसार तराई क्षेत्रको जनजीवन चिसो र न्यून भिजिबिलिटीका कारण प्रभावित हुन सक्ने देखिएको छ।

विभागका अनुसार बुधबार कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्नसम्म हुस्सु रहनेछ भने बाँकी तराईका क्षेत्रहरूमा दिनभरि नै कुहिरो लाग्ने सम्भावना छ । पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा पनि तराईमा हुस्सुको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।

बिज्ञापन

बिहीबार र शुक्रबार पनि तराईका भू–भागमा हुस्सु र कुहिरोको सिलसिला जारी रहनेछ । पहाडी भेगमा भने मौसममा केही फेरबदल आउने देखिएको छ। बिहीबार सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ। शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिस्सामा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने विभागले जनाएको छ ।

तराईमा लाग्ने बाक्लो कुहिरोका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन अनुरोध गरेका छन् । विशेषगरी बिहानीपखको यात्रामा विशेष ध्यान दिन र बढ्दो चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन विभागले सर्वसाधारणमा आग्रह गरेको छ ।

पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहे पनि न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोको जोखिम भने कायमै रहनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka