Premier Cables
Premier Steel

राजनीति

धरानमा मेयर-उपमेयरकाे लफडा सकियो, साउनभित्रै बजेट ल्याउने सहमति

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | साँझ ६:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । लामो समयदेखि बजेटविहीन रहँदै आएको धरान उपमहानगरपालिकामा अन्ततः मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघासहित कार्यपालिका सदस्यबीच सहमति जुटेको छ। विवादका कारण आर्थिक गतिविधि ठप्प भएको उपमहानगरले साउनभित्रै बजेट ल्याउने निर्णय गरेको हो।

उपमहानगरका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईका अनुसार भोलि सीमा निर्धारण समितिको बैठक बस्नेछ। उक्त बैठकपछि कार्यपालिका र नगरसभामा बजेट पेस गर्ने तयारी गरिएको उनले बताए।

बिज्ञापन

यसअघि सोमबार मेयर साम्पाङले विज्ञप्ति जारी गर्दै सबै सदस्यलाई बजेट निर्माणमा जिम्मेवार बन्न आग्रह गरेका थिए। साथै, गैरजिम्मेवारी देखिए अवशिष्ट अधिकार प्रयोग गर्ने चेतावनीसमेत दिएका थिए।

संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने प्रावधान छ। असार मसान्तभित्र बजेट पारित नगरी रकम खर्च गर्न नपाइने कानुनका कारण बजेट नआए कर्मचारीको तलबसमेत रोकिने अवस्था थियो।

सहमतिसँगै धरानले अब आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka