Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको सुधार

Calendar मंगलबार, पुष ०१, २०८२  | अपराह्न ३:२५ बजे

काठमाडौ । उतारचढावपूर्ण रहेको सेयरबजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ ।

मंगलबार नेप्से १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३२५ कम्पनीका सेयर कारोबार भएका छन् ।

बिज्ञापन

जसमध्ये १८७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ६१ कम्पनीका सेयरमूल्य घटेका छन् । बाँकी ११ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् ।

आज सेयरबजारमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा १४ करोड ७७ लाख रुपैयाँले कमी हो ।

मंगलबार सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक मात्रै ओरालो लागेको छ । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १.५६ प्रतिशतले बढेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभपलमेन्ट बैंक तथा एसवाई प्यानल नेपालका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने स्वेत गंगा हाइड्रोपावर तथा कन्स्ट्रक्सन लिमिटेड, लक्ष्मी बैंकको डिवेञ्चरका लगानीकर्ता तथा निफ्रा ग्रीन इनर्जीका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka