Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेमा गिरावट : ३ हजार विन्दुभन्दा तल ओर्लियो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, साउन १४, २०८२  | अपराह्न ३:३९ बजे

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.५९ प्रतिशत अर्थात ४७.९३ अंकले घटेर २ हजार ९५४.१४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले घटेर ५०७.८४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘केही दिनदेखि बढेको बजारमा आज तीव्र नाफा बुक भएको हो । आईजिनको विषयले पनि लगानीकर्ता त्रसित भएका कारण आज बजारमा दबाब देखिएको छ ।’

उनले बजार आइतबारबाट भने बजारमा सुधार आउने अपेक्षा व्यक्त गरे । यद्यपी बजारले भने बजारलाई राम्रै साथ दिईरहेको र १२-१५ अर्बको कारोबार हुनु सकारात्मक नै भएको उनको भनाई छ ।

अर्का बजार जानकार टेकेन्द्र थपलियाले आज बजारमा नाफा बुक भएकै कारण परिसूचक घटेको बताए । ‘आइतबार साढे २६ अर्ब कारोबार भएको र आज त्यही सेयरको बिक्री दबाब आउदा बजार घट्न पुगेको हो । केही दिनपछि भने बजार पुनः सम्हालिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड र अन्य समूह मात्रै बढे । यी समूहहरु आज ०.०४ र ०.५६ प्रतिशतले बढे ।

लघुवित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.६४ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.६३ प्रतिशत, विकास बैंक ३.३४, फाइनान्स २.८७, होटल २.२७, हाईड्रो १.७९, लगानी १.६७, जीवन बीमा १.७७, उत्पादन तथा प्रशोधन १.३२, निर्जीवन बीमा १.७४ र व्यापार समूह २.४५ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ३२ करोड बढीको सेयर कारोबार भयो ।

यस्तै हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख, शिवम् सिमेन्टको ५७ करोड ३३ लाख,ग्रीन भेन्चर्सको ५६ करोड ६९ लाख र नेपाल पुनर्बीमाको ५४ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सान्भी इनर्जी र ट्रेड टावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज ६.७४ प्रतिशत, सिक्लेस हाईड्रोको ५.१६ र भूगोल इनर्जीको सेयरमूल्य ३.८२ प्रतिशतले बढ्यो ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.०४ प्रतिशतले घट्यो । यो दिन कालिका पावरको सेयरमूल्य पनि ६.०१ प्रतिशत,सीवाईसी नेपाल लघुवित्तको ५.४२ र नाडेप लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka