Premier Cables
Premier Steel

विराटनगर

शिक्षा, उद्योग र सीप विकास जोड्न अप्रेन्टिसीप ईज द फयूचर कार्यक्रम आयोजना

नोट: यो समाचार ३ महिना अघिको हो

सबिन रोका Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०१, २०८२  | अपराह्न ३:०५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । अप्रेन्टिसीप केवल तालिम होईन, जीवन परिवर्तन गर्ने यात्रा हो नाराका साथ आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनको आयोजनामा अप्रेन्टिसीप ईज द फयूचर विषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षालय र उद्योगबीचको सहकार्य तथा अप्रेन्टिसीपको महत्वबारे व्यापक समीक्षा तथा छलफल गरिएको थियो ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान परिवेशमा अप्रेन्टिसीप कार्यक्रम अत्यन्तै आवश्यक र प्रभावकारी भएको धारणा व्यक्त गरे । उनले युवाहरूलाई कक्षा कोठामा सीमित नराखी वास्तविक औद्योगिक वातावरणसँग प्रत्यक्ष जोड्ने, कार्यस्थलमा आवश्यक व्यवहारिक सीप सिकाउन तथा भविष्यका पेशागत चुनौतीहरूको सामना गर्न सक्षम, योग्य र आत्मविश्वासी बनाउने माध्यमका रूपमा अप्रेन्टिसीप कार्यक्रम उपयोगी सिद्ध भएको उल्लेख गरे ।

सिटिईभिटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले यस प्रकारका कार्यक्रमहरूले उद्योगको आवश्यकता, सीपको माग र युवाहरूको क्षमताबीच रहेको दूरी घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अप्रेन्टिसीप कार्यक्रमले उद्योगलाई सम्भावित जनशक्ति पहिचान गर्न सहयोग पुर्‍याउने, युवाहरूलाई आफ्नो भविष्यको करियर मार्ग स्पष्ट गर्न मद्दत गर्ने तथा नीति तथा कार्यक्रम निर्माणका क्रममा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, ईन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, व्यवसाय, शैक्षिक क्षेत्र तथा अप्रेन्टिसहरूलाई एउटै मञ्चमा ल्याई आदर्श अप्रेन्टिसीप अलुमनाई एसोसिएसनले आयोजना गरेको यस प्रकारको कार्यक्रमले उद्योग, शिक्षा र सीप विकास बीचको सम्बन्धलाई व्यवहारिक रूपमा अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योगमैत्री वातावरण निर्माण, उत्पादकत्व अभिवृद्धि, श्रमसीप विकास तथा उद्योग शिक्षा सहकार्यका विषयलाइ समेटि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय, उद्योग सहकार्यलाई मजबुत बनाउँदै विद्यार्थीलाई अध्ययनसँगै रोजगारीमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न अप्रेन्टिसीप कार्यक्रम प्रभावकारी माध्यम भएको बताए । उनले विद्यालयले सीप, दक्षता र अनुशासनयुक्त जनशक्ति उत्पादनमा प्राथमिकता दिँदै उद्योगको आवश्यकता अनुसार पाठ्यक्रम र कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

त्यसैगरी, अप्रेन्टिसीप कार्यक्रम संयोजक तथा सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले अप्रेन्टिसीप कार्यक्रमले विद्यार्थीलाई कक्षा कोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा प्रयोग गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे । उनले कार्यक्रममार्फत विद्यार्थीमा कार्यस्थल संस्कार, जिम्मेवारीबोध, व्यावसायिक आचरण तथा आत्मविश्वास विकास भई उनीहरूको रोजगारी तथा उद्यमशीलताको सम्भावना बढने धारणा राखे ।

Biratnagar News Channel

Chamber of Industries Morang

उक्त कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भगिरथ पोखरेल, टेक्स कार्यक्रम संयोजक पर्वत कुमार श्रेष्ठ, डिप्लोमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रम संयोजक लालबहादुर गुरुङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा आई.टी. संयोजक एवं क्यान महासंघ मोरङका सचिव अजीप चापागाईं, अप्रेन्टिसीप कार्यक्रम प्रशिक्षक प्रवेश दुलाल र अञ्जना श्रेष्ठ, ईन्स्योर परियोजना कोशी प्रदेशका कोअर्डिनेटर रेखा उप्रेती, टिभेट अधिकृत घनश्याम लिम्बु, एम.एन.ई. रत्नबहादुर बुढा, विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, इनकम्पनी ट्रेनरहरू तथा आदर्श अप्रेन्टिसीप अलुमनाई एसोसिएसनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Biratnagar News Channel

Chamber of Industries Morang

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka