विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा आरती कुमारी यादव, प्रियङ्का मण्डल तथा मिडिया संयोजकमा यदिराज कोइराला र सांस्कृतिक कार्य प्रमुखमा विशेष रिसाल चयन भएका छन् ।
परिषदका राष्ट्रिय सचिव मुना विष्टका अनुसार कुल ३१ सदस्यीय महानगर कमिटी गठन गरिएको छ । कार्यक्रममा परिषद्का राष्ट्रिय सह-संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय उपाध्यक्ष चिन्तामणि बस्नेत, पूर्व राष्ट्रिय सचिव जीवन निरौला, कोशी प्रदेश सहसचिव नागेश कुलुङ राई, अभिषेक पोख्रेल, कोशी प्रदेश सदस्य मनोहर पौडेल लगायतको उपस्थिति थियो ।
