Premier Cables

राजनीति

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएर सचिव संख्या थप्यो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर २८, २०८२  | अपराह्न १:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले) को विधान संशोधन गरिएको छ। आइतबार बिहान सम्पन्न केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै पार्टीका पदाधिकारीको संख्या वृद्धि गर्ने निर्णय गरेको हो।

संशोधनपछि एमालेका पदाधिकारी १९ जना हुनेछन्। जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।

विज्ञापन

यसैगरी स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय बनाइनेछ। केन्द्रीय कमिटीको संख्या बढाएर ३०१ सदस्यीय बनाइएको छ।

उक्त प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka