Premier Cables

कोशी प्रदेश

सुनसरी ४ मा खोसिएको टिकट एमालेका कुशियैतलाई, कांग्रेसबाट गएका अबुल हुसेन ‘आउट’

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान ११:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा उम्मेदवारीलाई लिएर देखिएको विवाद समाधान गर्दै उम्मेदवार परिवर्तन गरेको छ ।

पार्टी प्रवेश गरेको केही घण्टामै टिकट पाएका अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गर्दै एमालेले पुनः जगदीश कुसियैतलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विज्ञापन

एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादवका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई दिइएको टिकट रद्द गरी निर्वाचन आयोगमा जानकारी पठाउन निर्देशन दिएका छन् । अध्यक्ष ओलीसँगको कुराकानी उद्धृत गर्दै यादवले भने, “अध्यक्ष कमरेडले फोन गरेर कुसियैत कमरेड नै क्षेत्र नम्बर ४ बाट उठ्ने र अन्सारीको टिकट रद्द गरिने जानकारी दिनुभएको छ ।”

अन्सारी आइतबार मात्र अध्यक्ष ओलीको हातबाट खादा ग्रहण गर्दै एमाले प्रवेश गरेका थिए । प्रवेशलगत्तै क्षेत्र नम्बर ४ को टिकट पाउँदा पार्टीभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार बनेका अन्सारीले सो चुनावमा २४६ मत मात्र प्राप्त गरेका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसमा आबद्ध थिए ।

अन्सारीलाई टिकट दिएपछि एमालेले यसअघि क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका जगदीश कुसियैतलाई क्षेत्र नम्बर २ मा सार्ने तयारी गरेको थियो । तर, क्षेत्र नम्बर २ मा यसअघि नै प्रदेश मन्त्री तथा दोस्रो संविधानसभा सदस्य रेवतीरमण भण्डारीको उम्मेदवारी टुंगो लागिसकेको थियो । कुसियैतलाई उक्त क्षेत्रमा पठाउने निर्णयप्रति भण्डारी पक्ष असन्तुष्ट बनेको थियो ।

एमालेको पछिल्लो निर्णयसँगै अब सुनसरी क्षेत्र नम्बर २ मा रेवतीरमण भण्डारी नै आधिकारिक उम्मेदवार रहने जिल्ला अध्यक्ष यादवले स्पष्ट पारेका छन् ।

यस निर्णयसँगै सुनसरी क्षेत्र नम्बर ४ मा पुनः २०७९ सालकै प्रतिस्पर्धीहरूबीच रोचक भिडन्त दोहोरिने भएको छ । नेकपा एमालेका जगदीश कुसियैत र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कार्कीले कुसियैतलाई मात्र ११२ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka