Premier Cables
Premier Steel

विराटनगर

रोटरी डाउन टाउनको ‘बिन इट विन ईट- क्लिन विराटनगर ड्राइभ’अन्तर्गत ५०० डस्टबिन वितरण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८२  | बिहान ११:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ डाउन टाउनले बिन ईट विन ईट- क्लिन विराटनगर ड्राइभ नामक परियोजनाको प्रारम्भ गर्दै विराटनगरलाई सफा र फोहोरमुक्त बनाउने अभियान सुरु गरेको छ।

यो परियोजनाको लागत रु. २ लाख रहेको छ, जसमा टोयोटा नेपालका प्रतिनिधि श्रीमती रितु सिंह वैद्यले रु. १ लाखको सहयोग प्रदान गरेकी छिन् ।

बिज्ञापन

यस अभियानअन्तर्गत ५०० डस्टबिनहरू शहरका विभिन्न स्थानहरूमा रिक्षा, सार्वजनिक स्थल र व्यस्त क्षेत्रहरूमा राखिनेछन्, जसले बाटोमा फोहोर फैलिन नदिने र नागरिकहरूलाई जिम्मेवार बनाउने लक्ष्य राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगरका मेयर श्री नगेन्द्र कोइराला, र विशिष्ट अतिथि नेपाल उद्योग परिसंघका राष्ट्रिय उपाध्यक्ष भीम घिमिरे रहेका थिए ।‌

क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले भनिन्
“हाम्रो उद्देश्य सहरलाई सफा बनाउनु मात्र होइन, बिराटनगरका नागरिकहरूमा फोहोर व्यवस्थापनप्रतिको सचेतना जगाउनु पनि हो। ५०० डस्टबिनहरू राखिँदा दैनिक सरसफाइमा ठुलो सुधार आउनेछ।”

डाउन टाउनका सदस्यहरू, सहयात्री संस्थाहरू तथा स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको क्लबले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka